पर्सामा बहुदरमाई नगरपालिकाका मेयरसहित थप ५५ जनामा कोरोना संक्रमण भेटियो

news-details

पर्साको बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये एक जना संक्रमित सर्लाही र ३ जना बाराका बासिन्दा हुन् ।

नारायणी अस्पतालको प्रयोशालामा शुक्रबार राति गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले जानकारी दिए ।

बहुदरमाई नगरपालिकाका मेयर नितेन्द्र साहले गत साउन २१ मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वैरियाविर्तामा स्वाब परीक्षणका लागि दिएका थिए । उक्त विद्यालयमा स्वाब दिएका मेयरसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालाका एक स्टाफमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । आर्मी ब्यारेकका थप एक जवानमा कोरोना देखिएको छ ।

पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेहरुमा वीरगन्ज आदर्शनगरका ६ जना, श्रीपुरका ४ जना, मुर्लीका २ जना, नगवाका ४ जना, रेशमकोठीका एक र विर्ताका एक जना रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *