काठमाडौ उपत्यकामा १०६ सहित देशभर थप ४६४ जनामा कोरोना संक्रमण भेटियो, थप ५ को मृत्यु पुष्टि

news-details

पछिल्लो चौबीस घण्टामा काठमाडौ उपत्यकामा १०६ सहित देशभर ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकामा चौबीस घण्टामा मात्रै १ सय ६ जना सङ्क्रमित भएका छन् । उपत्यकाको काठमाडौंमा ९४, ललितपुरमा ८ र भक्तपुरमा ४ जना सङ्क्रमित थपिएका मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ४२५ जना सङ्क्रमित निको भएर घर फर्केका र हालसम्म निको हुनेको कुल संख्या १५ हजार ८१४ जना पुगेका मन्त्रालयले जनाएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमित सङ्ख्या ५ हजार ३३० रहेको छ ।

थप ५ को मृत्यु पुष्टि

यस्तै पछिल्लो २४ घण्टामा पर्साका ४५, ७९ र ५७ वर्षका पुरूष, सिरहाका २५ वर्षीय पुरूष र सर्लाहिका ४५ वर्षीय पुरूषको मृत्यु कारोना संक्रमणाट भएको मन्त्रालयले पुष्टि गेको छ । योसँगै कोरोनाका कारण निधन हुनेको संख्या पनि ७० पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *