पाटन अस्पतालमा दुईजना कोरोना सङ्क्रमितको मृत्यु

news-details

ललितपुरस्थित पाटन अस्पतालमा कोरोनाभाइरस सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दुईजना सङ्क्रमितको निधन भएको पाटन अस्पताल ललितपुरले जनाएको छ ।
अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले साउन १९ गते भर्ना भएका दुबैजनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।

सप्तरी कुनौलीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेर अस्पताल भर्ना भएकोमा साउन २२ गते राति निधन भएको र डा। शर्माले बताउनुभयो । ती पुरुषलाई स्टार अस्पताल सानेपाबाट पाटन अस्पताल पुर्याइएको थियो ।

यस्तै मधुमेह र क्यान्सरबाट पीडित सर्लाहीको ४१ वर्षीय महिलाको आज बिहान निधन भएको हो । उनलाई साउन १९ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र परीक्षणका क्रममा कोरोना सङ्क्रमणको पुष्टि भएकोमा उपचारकै क्रममा निधन भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *