सिरहाका २१ वर्षीय कोरोना संक्रमित युवाको धरान अस्पतालमा मृत्यु

news-details

सिरहा गोलबजार नगरपालिकाका १२ का २१ वर्षिय एक कोरोना संक्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

उनी मृगौलाका बिरामी भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए । नियमित डायलासिस समेत गराउँदै आएका उनमा केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जनकपुर लगिए पनि त्यहाँ उपचार सम्भव भएन । त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रजिअ अधिकारीले बताए ।

उनका अनुसार मृतकको शव आज गोलबजार ल्याएर नेपाली सेनाले व्यवस्थापन गर्ने छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *