कोरोना संक्रमणबाट काठमाडौंमा एक महिलाको मृत्यु, पछिल्लो २४ घण्टामा मात्रै ५ जनाको मृत्यु

news-details

काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै पछिल्लो २४ घण्टामा मात्र ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने देशभर निधन हुनेको संख्या ६३ पुगेको छ ।

सर्लाही मलंगवा घर भएकी ती महिलामा निमोनियाका साथै स्क्रब टाइफस समेतको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताए ।

यसैबीच, आजै कोशी अस्पताल विराटनगरमा दुई जनाको मृत्यु भएको थियो । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

यसअघि कोरोना संक्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएको थियो । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेपनि बाकी ३ जनाको भने आधिकारिक पुष्टि गर्न बाकी रहेको छ ।

कोरोना संक्रमणका कारण विराटनगरमा थप २ जनाको मृत्यु

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *