कोरोना संक्रमणका कारण विराटनगरमा थप २ जनाको मृत्यु

news-details

मोरङको विराटनगरमा बुधबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

कलेजोको गम्भीर समस्या भएका विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष मंगलबार राति अस्पताल भर्ना भएकोमा बुधबार दिउँसो १ बजे उनको मृत्यु भएको थियो भने रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो ।

योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ६२ पुगेको छ । यद्यपी यी दुईको निधनबारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *