उपत्यकाका ६२ सहित २५९ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ६२ सहित देशभर २५९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २१ हजार ९ पुगेको छ ।

मंगलबार थपिएका संक्रमितमध्ये उपत्यकाका काठमाडौंका ४८ जना, ललितपुरका १ जना र भक्तपुरका १३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा ६५ जना डिस्चार्ज भएसँगै कोरोना निको हुनेको कुल संख्या १५ हजार २६ पुगेको छ । अब पाँच हजार ९२५ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।

यस्तै थप एक जनाको कोरोना संक्रमणको कारण निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । विराटनगरका आदर्श टोल निवासी ७७ वर्षिय वृद्धको साउन १९ गते बिहान ज्वरो तथा स्वासप्रश्वासमा समस्या भएपछि कोशी अस्पताल लगिएकोमा सोहि दिन उनको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ५८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *