कोरोना संक्रमण रोकथामबारे सल्लाह लिन प्रधानमन्त्रीले स्वास्थ्य विज्ञहरुलाई बोलाए बालुवाटार

news-details

कोरोना संक्रमण रोकथामबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्य विज्ञसँग छलफल गर्ने भएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, स्वास्थ्य क्षेत्रका संघ संस्थाका प्रतिनिधिसँग प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ । पछिल्लो एक महिनामा सोमबार सबैभन्दा बढी संक्रमित भेटिएपछि नयाँ रणनीति बनाउन विज्ञसँग छलफल गर्न लागिएको हो ।

सरकारले संक्रमित बढी भएका स्थानमा मात्रै लकडाउन गर्ने नीति लिएको छ । कतिपय चिकित्सकहरुले काठमाडौंमा कर्फ्युसहितको लकडाउन लगाउनुपर्ने सुझाव दिइरहेकाबेला प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्न लागेका हुन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *