पर्सामा पत्रकार, प्रहरी र सेनासहित थप ७३ जनामा कोरोना संक्रमण

news-details

पर्सामा पत्रकार, प्रहरी र सेनासहित ७३ जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

६१ जना पुरुष र १२ जना महिला संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् ।

संक्रमित हुनेमा प्रहरीका दुई, सेनाका एक, पत्रकार एक, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना रहेको बताइएको छ ।

संक्रमितको संख्या बढेको र समुदायमा नै कोरोना संक्रमण व्यापक देखिन थालेपछि पर्सा जिल्लाभरी निषेधाज्ञा जारी गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *