सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर ७ जनाको मृत्यु, ३ जना बेपत्ता

news-details

सिन्धुपाल्चोकका दुई छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् ।

मेलम्ची नगरपालिका–११ मा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका ८ जनामध्ये ५ जनाको शव निकालिएको छ । ३ जना अझै हराइरहेका छन् । कभर्डहल निर्माणमा खटिएका कामदार बसेको घर गएराति पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए ।

एकजनाको जिवितै उद्दार गरिएको र पाँच जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिए। बेपत्ता भएकाहरुको प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन् ।

वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएका हुन् । भारतिय नागरिक बारु साहको जिवितै उद्दार गरि अहिले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

यसैबीच, सिन्धुपाल्चोककै पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। राति सुतिरहेका बेला आएको पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको गाउँपालकिा अध्यक्ष टासी लामाले जानकारी दिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *