लिस्नर्स क्लव नेपाल, भोर्लेटार बांग्रे सम्पर्क समाज, काठमाण्डौं र बैदेशिक रोजगार एकता समिति, काठमाडौंले मध्य नेपाल नगरपालिका वार्ड नं. ६ का बाढी पहिरो पिडितहरूलाई राहत वितरण गरेका छन् ।

उक्त अवसरमा भोर्लेटार बांग्रे सम्पर्क समाज, काठमाण्डौका अध्यक्ष भाग्यशाली घिमिरेले मध्य नेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेलाई बैदेशिक रोजगार व्यवसायी एकता समितिबाट प्राप्त रु. ५० हजार तथा भोर्लेटार बांग्रे सम्पर्क समाजबाट प्राप्त रु. २ लाख ३६ हजार ७ शय दुई गरि जम्मा रकम रु. दुई लाख ८६ हजार ७ सय दुई हस्तान्तरण गरे । इशानेश्वर मा.बि. का पूर्व प्रधानाध्याक समेत रहेका घिमिरेले गत असार २९ गते आएको बाढीले क्षतिग्रस्त घरपरिवरलाई थप सहयोग पुग्ने भन्दै सहयोग गरेको बताए ।

बाढी पहिरो पिडितलाई लिस्नर्स क्लवको अग्रसरतामा राहत वितरण

यसै गरि लिस्नर्स क्लब नेपालले बाढीपिडित पैतालिस घरपरिवार मध्ये पूर्ण रुपमा क्षति भएका दुई घरपरिवारलाई ब्ल्याङ्केट, तन्ना, सिरानी तथा भान्छाका सामाग्रीहरु थाल, कचौरा, गिलास लगायत सामाग्री सहित अन्य त्रियालिस घरपरिवारलाई पच्चीस किलोग्रामका दुई बोरा चामल, तीन प्याकेट नुन, चार किलो दाल, एक लिटर खाने तेल सहित दुई लाख बराबरको राहत बितरण गरेको छ ।

उक्त राहत सामाग्रीको लागी आदरणीय समाजसेवी दिदी माला महतको सक्रियतामा योगद्धारा समाजमा सुख, शान्ति र समृद्धि फैलाउदै आएको जीवन विज्ञान योग समुह, टेक्सास, अमेरिकाबाट आर्थिक सहयोग प्राप्त भएको थियो । जीवन विज्ञान योग समुह टेक्सास, अमेरिकाका सहयोगी मनका धनी आदरणीय सर्वश्री माला महत, शान्ता भट्टराई, परशुराम दाहाल, सुजन चन्द, राजु स्थापित, पुनम गौतम, डोर रायमाझी, राकेश कर्ण, सुजाता माली,सरस्वती श्रेष्ठ, उषा पाण्डे, पार्वती गिरी, मीना भट्टराई, ओम खनाल, शरद ओझा, जुली श्रेष्ठ, सुुष्मा चापागाई, सई थैव, कमला पोखरेल, हरि घिमिरे, अञ्जना श्रेष्ठ, भवानी पाण्डे, शशि पोखरेल, देवी खरेल, विष्णु गुुरुङले रकम उपलब्ध गराउनु भएको थियो ।

बाढी पहिरो पिडितलाई लिस्नर्स क्लवको अग्रसरतामा राहत वितरण

लिस्नर्स क्लव नेपालले बाढीपिडित, आगलागी लगायत विभिन्न प्राकृतिक प्रकोपले देशका विभिन्न भागमा आवश्यक परेको बेलामा रहत तथा उद्दार कार्यमा सक्रिय भइ कार्य गर्दै आइरहेको अध्यक्ष जनक चन्दले बताए ।

उक्त राहत बितरण कार्यक्रममा मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डे, उपमेयर राज कुमार श्रेष्ठ, वडा नं. ६ का अध्यक्ष बिष्णु भक्त पौडेल, जिल्ला समन्यवय समितिका सदस्य नौ बहादुर दुरा, साहित्यकार तथा इशानेश्वर क्याम्पसका क्याम्पस प्रमुख रमेशचन्द्र घिमिरे, जनप्रतिनिधि राम कृष्ण कुंवर, भोर्लेटार बांग्रे सम्पर्क समाजका अध्यक्ष भाग्यशाली घिमिरे, हरि रेग्मी, शम्भु भण्डारी,लिस्नर्स क्लव नेपालका अध्यक्ष जनक चन्द, उपाध्यक्ष दुर्गा पौडेल, निवर्तमान अध्यक्ष एवं संचारकर्मी हरिराम पौडेल लगायत समाजसेवीहरु र स्थानीयको विशेष उपस्थिति रहेको थियो।