उपत्यकाका ३१ सहित थप २४६ जनामा कोरोना संक्रमण भेटियो, पर्सामा थप १ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३१ सहित देशभर थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंका २२ जना, ललितपुरका ८ जना र भक्तपुरका १ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १११ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको संख्या पनि १४ हजार ६०३ पुगेको र सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको मन्त्रालयले जानकारी दिएको छ । योसँगै निको हुनेको दर पनि ७२.८ प्रतिशत पुगेको छ ।

यस्तै पर्साका एक ६८ बर्षिया महिलाको साउन १७ गते निधन भएकोमा उनमा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । मधुमेह र मुटु सम्वन्धी रोग भएकी ति महिलालाई । नारायणी अस्पतालमा उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *