पर्सामा थप ४५ संक्रमित भेटिए, मेयर परिवारका दुई जनामा संक्रमण

news-details

दिपकप्रसाद गौतम । शनिबार राती अबेर आएको परिक्षण रिर्पोट अनुसार पर्सामा थप ४५ जनामा कोरोनो संक्रमण देखिएको छ । ४५ जना नयाँ संक्रमित थपिए सँगै पर्साका कोरोना संक्रमितको सख्या ५०७ पुगेको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार शुक्रबार ६४ जना थपिएर ४ सय ६२ जना संक्रमितको सख्या पुगेको पर्सा जिल्लामा शनिबार ४५ जना थपिएपछि कूल संक्रमितको सख्या ५०७ पुगेको हो ।

शनिबार ५ देखि ६२ वर्ष उमेर समुहका १४ महिला ३१ पुरुष गरी ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरुको सम्पर्कमा आएकाको खोजी, मास टेस्टिङका लागि नमूना संकलन गरिएका ३७ जना र ७ जना आफै पैसा तिरेर पेड पिसिआर परिक्षण गराएका लगायत ४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले जानकारी दिए ।

शनिबार पुष्टि भएका ४५ जना संक्रमित मध्ये ४३ जना वीरगञ्ज महानगरपालिका भित्रकै रहेका छन् भने एक जना सखुवाप्रसौनी गाँऊ पालिका र एक जना ठोरी गाँऊपालिकाका रहेका छन् ।

मेयर सरावगीको परिवारका दुई सदस्यमा पनि संक्रमण

कोरोना संक्रमित वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको पहिलो चरणको कन्ट्याक्ट ट्रेसिङमा परेका सरावगीको परिवारका दुई सदस्यसहित ६ जनामा पनि संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले जानकारी दिनु भयो ।

त्यसैगरी नगर प्रमुखको सम्पर्कमा रहेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुष गरी चार जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको दोश्रो चरणको सम्पर्क रहेका वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरुको शनिबार स्बाव संकलन गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *