थप ३१५ जनामा कोरोना सङ्क्रमण भेटियो, संक्रमितको संख्या २० हजार नाघ्यो

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ भने सक्रिय संक्रमित पाँच हजार ३३८ जना मात्र रहेका मन्त्रालयले जनाएको छ । योसँगै कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *