पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४५ सहित देशभर थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५४७ पुगेको छ ।
उपत्यकाको काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका २ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २२७ रहेको छ । योसँगै कोरोना मुक्त हुने कुल संख्या १४ हजार २४८ जना पुगेको र सक्रिय संक्रमित ५ हजार २२७ जना रहेका मन्त्रालयले जनाएको छ ।
यस्तै बुधबार कोरोना संक्रमणबाट वीरगन्जमा दुई जना र मोरङका १ जनाको धरान अस्पतालमा मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालष्ले पुष्टि गरेको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ ।
https://cms.rojgarmanch.com/news/2020/07/14749/








