प्रहरीले मंगलबार बिहान राजधानीको कमलादीबाट बरामद गरेको १५ किलो सुनमा ५०० ग्राम मात्र सक्कली र अरु नक्कली भएको पुष्टि भएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि पछि परीक्षण गर्दा सुनको जलप लगाएको चाँदी रहेको पुष्टि भएको परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए ।









