मंगलबारका लागि तय गरिएको नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक स्थगित भएको छ ।

सचिवालय बैठकका निर्णयलगायत दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आपसी परामर्श नसकिएको भन्दै बैठक स्थगित गरिएको हो ।

बिहान ११ बजेका लागि बैठक बालुवाटारमा बोलाइएको थियो ।