स्याङ्जामा सोमबार प्रहरी प्रमुख सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी संङक्रमित भएका छन् ।

यसअघि गत साउन ६ गते तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टी भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, संचारमा कार्यरत ३५ जना सुरक्षाकर्मीको स्वाब लिएकोमा आज थप १८ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

सोमबार संङक्रमित पुष्टी भएकामा प्रहरी प्रमुख सहित, दुई जना असई, छ जनाा हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।

प्रहरी कार्यालयका प्रहरी प्रमुख सहित २१ जनामा कोरोना देखिएपछि पुतलीबजार भित्र कडाई गरिएको प्रजिअ गंगा बहादुर क्षेत्रीले बताए ।