पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६ सहित थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो चौबीस घण्टामा ६२६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन । योसँगै निको हुनेको संख्या १३ हजार ७५४ जना पुगेको र कोरोना भाइरस सक्रिय रहेको सङ्क्रमितको संख्या ४ हजार ९५० रहेको मन्त्रालयले जनाएको छ ।