राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री सुनिलबहादुर थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३१ जना नेताले संयुक्त राजीनामा दिएका छन् ।
शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै थापासहितसहितका ३१ जना नेताले राजीनामा दिएका हुन् ।
पार्टी एकीकरणपछि पनि पार्टीप्रति आकर्षण बढाउन नसकेको र सबैलाई समेटेर पार्टी अघि बढन नसकेकाले आफुहरु पार्टीको जिम्मेवारीबाट अलग भएको राजिनामापत्रमा उल्लेख छ ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेको बुझिएको छ ।








