पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै बारनको परवानीपुर ४ निवासी एक १७ वर्षीया युवतीको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १०६ जना निको भएर डिस्चार्ज भएको र कुल निको हुनेको संख्या १३ हजार ५३ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।