पछिल्लो चौबीस घण्टामा काठमाडौँमा १० सहित थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको मुल संख्या १८ हजार ३७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केसँगै कोरोनामुक्त हुनेको संख्या पनि १२ हजार ९४७ पुगेको छ । अब ५ हजार ३८३ सक्रिय संक्रमित मात्र बाकी रहेका छन ।

यस्तै थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । बिरगञ्ज महानगरपालिका वडा नं ११, श्रीपुर निवासी ८५ वर्षीया महिलाको उपचारको क्रममा बिहान छ बजेर ४५ मिनेटमा नारायणी उपक्षेत्रीय अस्पताल, बिरगञ्जमा निधन भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।