पछिल्लो चौबीस घण्टामा काठमाडौ उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौंमा २ जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जनामा संक्रमण भेटिएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १५६ निको भएर घर फर्केका छन् । योसँगै निको हुनेको कुल संख्या पनि १२ हजार ८४० पुगेको छ ।