सर्लाही हरिऔनका २ विद्यालयका ३ सय ५० अति विपन्न वालवालिकाहरुलाई सूर्य नेपाल प्रा.लि.ले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ ।

हरिऔन ९ को दनुवार समुदायको वस्तीमा रहेको श्री जनता प्रा.वि. र हरिऔन १० मा रहेको श्री बाढिपिडित सुकुम्बासी वाल प्रा.वि का विद्यार्थीहरुलाई स्कुल ब्याग, कपी, कलम तथा खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो ।

सूर्य नेपालद्धारा सुकुम्बासी र दनुवार समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

स्थानिय संस्था सहयोगी समाज नेपालको समन्वयमा सूर्य नेपालले उपलब्ध गराएका समाग्रीहरु हरिऔन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईले मंगलवार विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभएको थियो । बालकक्षाका वालवालिकाहरुको लागि खेल्दै सिक्ने खेलविधीका सामाग्रीहरु समेत दुबै विद्यालयलाई प्रदान गरिएको थियो ।

शैक्षिक सामाग्री हस्तान्तरणपछि बोल्दै हरिऔन नगरपालिकाका प्रमुख प्रसाईले नगरपालिका भित्रका विद्यालयमध्ये अति विपन्न समुदायका वालिवालिका पढ्ने विद्यालयलाई सहयोग उपलब्ध गराएको भन्दै सूर्य नेपालप्रति अभार व्यक्त गर्नुभएको थियो । दुई छाक टार्नैै नपुग्ने समुदायका वालवालिकाहरु काम गर्न अभिभावकसँगै जाने र पढाईलाई निरन्तरता दिन नसकिरहेको सन्दर्भमा उपलब्ध गराईएको स्कुल ब्याग लगाएतका सामाग्रीले उनीहरुलाई विद्यालय आउन उत्प्रेरित गर्ने वताउनुभयो ।

सूर्य नेपालद्धारा सुकुम्बासी र दनुवार समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

नगरपालिकाले घरको आर्थिक अभावका कारण पढाई छाड्न बाध्य हुने वालवालिकाहरुका लागि अब आवाशिय सुबिधा दिने योजना नगरपालिकाले ल्याउन लागेको उहाँको भनाई थियो ।

कार्यक्रममा हरिऔन नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव नवराज निरौला, दुबै वडाका वडा अध्यक्ष शम्भु मैनाली तथा सिताराम पोखरेल, समाजसेवी बुक कुमारी थापालगाएतको उपस्थीती रहेको थियो ।