पछिल्लो २४ घण्टामा देशभर थप १८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १७३ जना डिस्चार्ज भएका छन र हालसम्म डिस्चार्ज हुनेको संख्या पनि ११ हजार ८६८ पुगेको छ ।








