पछिल्लो चौबीस घण्टामा देशभर थप १५६ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको कुल संख्या १७ हजार ६५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो चौबीस घण्टामा ५८ जना बिरामी निको भई घर फर्केका र योसँगै अहिलेसम्म ११ हजार ६९५ बिरामी कोरोनामुक्त भइसकेको मन्त्रालयले जनाएको छ । हाल ५ हजार ९२३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको र निको हुने दर ६६.२४ प्रतिशत पुगेको पनि मन्त्रालयले जनायो ।