पछिल्लो चौबीस घण्टामा देशभर ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमित हुनेको कुल संख्या १७ हजार ५०२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घटदो रहेको छ । जसमध्ये पनि आज सबैभन्दा कम संक्रमित भेटिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १०३ जना बिरामी निको भएर घर फर्केसँगै डिस्चार्ज हुनेको कुल संख्या पनि ११ हजार ६३७ जना पुगेका छन र सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ जना मात्र रहेका छन ।