धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत सप्तरी जिल्लाका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।
मधुमेह र उच्च रक्तचापका बिरामी ती वृद्धको बिहिबार राति १० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञानका प्रतिष्ठानका प्रवक्ता दिनेश सापकोटाले बताए ।
असार ३१ गते अस्पतालमा भर्ना गरिएको उनको शंका लागेर स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो । अहिले शव व्यवस्थापनको तयारीका लागि अस्पताल प्रशासन र शव व्यवस्थापन समितिबीच छलफल भइरहेको सापकोटाले जानकारी दिएका छन ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।








