पछिल्लो २४ घण्टामा देशभर थप ११६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या १७ हजार २९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज ६९७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ११ हजार २५ जना कोरोना मुक्त भई घर फर्केका छन् ।








