आजदेखि उपत्यकामा साझा यातायातले थाल्यो सेवा

news-details

काडमाडौ उपत्यकामा बिहिबारदेखि साझा यातायातका बसहरु संचालनमा आएका छन । साझाले २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा सेवा शुरु गरेको जनाएको छ ।

सरकारले तोकेको मापदण्ड पुरा गरेर र सिटभन्दा आधा यात्रु मात्र राखेर बस सञ्चालन गर्न गरिएको साझा यातायातका व्यवस्थापक महेन्द्र पाण्डेले बताए । उनका अनुसार यात्रुले साझाका बसमा चढ्दा माक्स लगाउने, सेनेटाइजरको प्रयोग गर्ने र सामाजिक दुूरी कायम गर्नेसँगै खुद्रा पैसा बोकर मात्रै बसमा यात्रा गर्नुपर्छ ।

साझाले पहिलेकै रुटमा सामान्य अवस्थाभन्दा कम बसबाट सेवा शुरु गर्न लागिएको र आवश्यकतानुसार थप गर्दै जाने जानकारी दिएको छ । यस्तै भाडा पनि सरकारले तोकेबमोजिम नै लिने साझाले जनाएको छ ।

सरकारले मापदण्ड तय गरेर सार्वजनिक यातायात संचालन गर्नदिने निर्णय गरेपनि नीजि क्षेत्रका यातायात व्यवसायीहरुले आफ्ना माग पुरा नहुदासम्म यातायात नचलाउने बताइरहदा साझा, मयुर, सुन्दर यातायात लगायतले आफ्नो सेवा सुरु गर्ने जनाएका थिए । सुन्दर यातायात यसअघि नै संचालनमा आइसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *