काठमाडौँमा ७ सहित थप ११६ जनामा कोरोना भेटियो, थप १ जनाको मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौँमा ७ सहित देशभर ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित १७ हजार १७७ पुगेको र सक्रिय सङ्क्रमित ६ हजार ११४ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज उपत्यकाको काठमाडौँमा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यस्तै आज ६९७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या ११ हजार २५ पुगेको छ  । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ६४.२ प्रतिशत हाे ।

यस्तै आज थप एकजनाको कोरोना भाइरसको कारणले मृत्यु स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । रौतहटका ३६ वर्षीय पुरूषको असार ३१ गते साढे २ बजे निधन भएको मन्त्रालयले जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *