प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्बन्धित नभएको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति

news-details

परराष्ट्र मन्त्रालयले सोमबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती सम्बन्धी एक कार्यक्रममा राम र रामायणसम्बन्धी दिनुभएको धारणाको राजनीतिक विषयसँग सम्बिन्धत नभएको स्पष्ट पारेको छ । साथै उहाँको धारणा कुनै पनि समुदायको भावना र मर्ममाथि आहात गर्ने उद्देश्य नभएको पनि सो मन्त्रालयले एक विज्ञप्ति जारी गरी स्पष्ट पारेको हो ।

विज्ञप्तिका अनुसार श्रीराम र रामसँग सम्बन्धित स्थानहरुबारे विभिन्न किम्वदन्ती र आधारहरु भएकाले प्रधानमन्त्री ओलीले समृद्ध सभ्यतासहित श्रीराम, रामायण र तीसँग सम्बन्धित स्थानहरु र बृहत सांस्कृतिक भूगोलबारे थप अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीको धारणामा अयोध्या र त्यसको सांस्कृतिक मूल्यको औचित्यलाई नजरअन्दाज गर्ने कुनै पनि ध्येय नभएको पनि उक्त विज्ञप्तिमार्फत् स्पष्ट पारेको छ ।

यस्तै, विज्ञप्तिमा मे २०१८ मा ‘रामायण सर्किट’ अन्तर्गत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पहलमा जनकपुर अयोध्या यातायात सेवा सञ्चालन भएको पनि उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *