सुन्दर यातायातले पुरानै भाडामा आजदेखि आफ्ना बस सञ्चालन गर्दै

news-details

नेपालमै पहिलो पटक विद्युतीय बस शुरु गरेको सुन्दर यातायातले मङ्लबारदेखि काठमाडौं उपत्यकामा आफ्ना सवारीसाधन सञ्चालन गर्ने भएको छ ।

सरकारले थप ५० प्रतिशत भाडा लिने निर्णय गरेकामा त्योसमेत नलिई बस सञ्चालन गर्न लागिएको प्रालिकी प्रशासन प्रमुख सरिता योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राखी स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ । चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ ।

गत बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले बिहीबारदेखि काठमाडौं उपत्यकामा उपत्यका भित्रै र अरू जिल्लामा जिल्लाभित्र सार्वजनिक सवारीसाधन सञ्चालनको निर्णय गरेको थियो ।

उपत्यकामा आइतबारसम्म ट्याक्सी बाहेक अरू सवारीसाधन सञ्चालन भएको थिएन । सोमबार मयूर, उपत्यका यातायातलगायतका केही कम्पनीले बस सञ्चालन थालिसकेका छन् ।
-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *