उपत्यकामा ६ सहित थप ८२ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ५८९ पुग्यो

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६ सहित देशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको र योसँगै नेपालमा कुल संक्रमितको संख्या १६८०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौँमा ५ जना र ललितपुरमा १ जना सङ्क्रमित भेटिएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

यस्तै आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ५८९ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१.१ प्रतिशत हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *