केएमसी अस्पतालमा मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

news-details

सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषमा कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षीय पुरुषको उपचारका क्रममा असार २५ गते मृत्यु भएको थियो ।

मिर्गौलाको उपचार गराइरहेको पुरुषको कोरोनाको पनि परीक्षण गर्दा पोजेटिभ देखिएको उक्त अस्पतालले जानकारी दिएको छ। उनी स्वासप्रश्वासको समस्याबाट पनि ग्रसित भएको अस्पतालले जनाएको छ। कोरोना परिक्षणको रिपोर्ट शुक्रबार आएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ। मृत्युको स्वाथ्य मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गर्न बाँकी छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *