काठमाडौ उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित भेटिए, आज एकैदिन डिस्चार्ज हुनेको संख्या १२०

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४२ सहित देशभर ११८ जनामा कोरोना सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कुल सङ्क्रमित १६ हजार ६४९ पुगेका छन ।

उपत्यकाको काठमाडौँमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ जनामा सङ्क्रण पुष्टि भएको मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

आज नयाँ संक्रमित भन्दा डिस्चार्ज हुने बढी छन । आज १२० जना सङ्क्रमित निको भएर डिस्चार्ज भएकोमा योसँगै निको हुनेको कुल संख्या पनि ८ हजार ११ पुगेको छ । यो कुल संक्रमितको ४८.२ प्रतिशत हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *