थप २७८ जना कोरोना संक्रमित भेटिए, ह्याम्स अस्पतालमा उपचाररत दुई जनामा संक्रमण पुष्टि

news-details

नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरस सङ्क्रमित थपिएका छन छ । योसँगै कुल संक्रमितको संख्या २ हजार ९१२ पुगेको नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

यसअघि बिहिबार मृत्यु भएका सुर्खेत पञ्चपुरी नगरपालिका वडा १ हाँसे गाउँका २० वर्षिया युवकको मृत्यु कोरोना संक्रमनले भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो संक्रमितमा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत गुल्मी र पोखराका दुई जना विरामीसहित सुनसरीका ८, झापाका १, मोरङका ६, अर्खाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका ३, बाराका २, तनहँका २, भोजपुरका ५, झापाका १, सुनसरीका १३, कैलालीका ४, अछामका १, बझाङका १, डडलेधुराका ५, रामेछापका १७, काभ्रेका ५, झापाका १०, दैलखका ९०, जुम्लाका ३, जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखा स्थायी ठेगाना भएका एकएकजनालाई सङ्क्रमण देखिएको छ । यस्तै सुर्खेतका १, दाङका १, बाराका १, धनुषाका ४, कपिलबस्तुका ४४, महोत्तरीका १७ र रौतहटका ६ जनालाई सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै ६८ जिल्लामा सङ्क्रमण फैलिएको र शुक्रबार ४३ जना थप डिस्चार्ज भएर डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *