गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो

news-details

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार आज भेटिएका संक्रमितमा बाग्लुङ स्याङ्जा, पर्वत र म्यादीका रहेका छन् ।

बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका ठेगाना भई सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र १ जना महिला, वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जना पुरुष र गल्कोट नगरपालिका ठेगाना भई सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका ३ जना पुरुष गरि जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यस्तै स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ठेगाना भइ सोहि पालिकास्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पर्वत जिल्लाको फलेबास नगरपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुष र सोहि जिल्ला बिहादी गाउँपालिका ठेगाना भई कुश्मा नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी म्याग्दी जिल्ला मंगला गाउँपालिका ठेगाना भई सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका १ जना पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *