सोमबार अपरान्हसम्म थप २२६ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

पछिल्लो नयाँ संक्रमितहरुमा विराटनगर प्रादेशिक अस्पतालमा भएको परीक्षणमा झापाका २ जना, पोखरा प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा नवलपरासीका ३ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दैलेखका २४ जना र जुम्लाका १९ जना, सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७ जना, सल्यानका १० जना र सुर्खेतका ५ जना रहेका छन ।

यस्तै धुलिखेल अस्पतालमा भएको परीक्षणणमा कपिलबस्तुका २ जनामा, रौतहटका १८ जनामा, भेरी अस्पतालमा भएको परीक्षणमा बाकेका ७ जनामा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भएको परीक्षणमा दाङका ९ जनामा, सेती प्रादेशिक अस्पताल धनगढीमा भएको परीक्षणमा अछामका १ जनामा, कैलालीका १४ जनामा, वैतडीका १ जनामा, डोटीका १ जनामा र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा धनुषाका ७ जनामा, कपिलबस्तुका ३८ जनामा, महोत्तरीका २ जनामा, मकवानपुरका १ जनामा, सर्लाहीका ३८ जनामा, सिरहाका ५ जनामा र उदयपुरका १ जनामा संक्रमण भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *