रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएका छन ।

कोरोना संक्रमण पुष्टि भएका २ युवामध्ये १ जना १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए भने १ जना क्वारेन्टाइनमै थिए ।

काठमाडौंबाट गएको स्वास्थ्यकर्मीको टोलीले रौतहटमा रहेका ८ क्वारेन्टाइनबाट ८३ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या हालसम्म १६ पुगेको छ ।