प्रदेश ३ को राजधानी ‘हेटौंडा’ र नाम ‘वाग्मती’ राख्ने नेकपाको निर्णय

news-details
प्रदेश ३ को नाम ‘वाग्मती’ र राजधानी ‘हेटौंडा’ बनाउने नेकपाले निर्णय गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले उक्त प्रस्ताव प्रदेशसभामा राख्ने र यसको पक्षमा उभिन नेकपाका प्रदेशसभा सदस्यलाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।
प्रदेश ३ को नाम र राजधानीका विषयमा प्रदेशसभा गठनसँगै चर्चा चलेपनि कुनै निर्णय हुन सकेको थिएन । विशेषगरी नाम भन्दा पनि राजधानीका विषयमा काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका सांसदहरूबीच नै मत बाझिएको थियो ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ ।
सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *