बैंकिङ क्षेत्रमा हड्ताल नगर्न उच्च अदालत पाटनले दियो अन्तरिम आदेश

news-details

बैंकिङ क्षेत्र अत्यावश्यक सेवाको क्षेत्र भएकाले यस क्षेत्रमा कुनै पनि हड्तालजन्य कार्य नगर्न नगराउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार यस किसिमको अन्तरिम आदेश जारी गरेको हो ।

‘बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्र हो, यस क्षेत्रका कुनै पनि कार्यालयमा कुनै किसिमको हड्तालजन्य कार्य नगर्नू नगराउनू तथा संस्थाका सम्पूर्ण कार्यालयको काममा कुनै पनि बाधा अवरोध नगर्नू , नगराउनू’ आदेशमा भनिएको छ ।

सर्वसाधारण नागरिकको सुविधासँग बैंकिङ सेवा सम्बन्धित रहेकाले यस्तो अति आवश्यक सेवामा संलग्न कर्मचारीलाई हड्ताल गर्न निषेध गरेको आदेशमा उल्लेख छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाकातर्फबाट उपेन्द्रबहादुर कार्कीले यस विषयमा संस्थाको कर्मचारी संगठनको विरुद्धमा उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका थिए । अदालतले यही पुस १६ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *