विश्वभरका ख्रिष्टियन धर्मालम्बीले आज ‘क्रिसमस डे’ मनाउँदै

news-details

ख्रिष्टियन धर्मावलम्बीहरुले आज विश्वभर ‘क्रिसमस डे’ मनाउँदैछन् । प्रभु येशुको जन्मोत्सवका रुपमा ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन ख्रिष्टियन धर्मावलम्बीले यो चाड मनाउँछन् ।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले सबैमा कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्दैछन् । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सिबी गहतराजले बताए ।

त्यस्तै क्रिस्मसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकामना व्यक्त गरेका छन्। क्रिसमस डेका अवसरमा सरकारले सम्बन्धित धर्मालम्बीहरूलाई आज सार्वजनिक बिदा दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *