भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, प्रहरीसहित २ जनाको ज्यान गयो

news-details

भोजपुरमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह र प्रहरीबीच गोली हानाहान भएको छ । बुधबार बिहान सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा उक्त झडप भएको प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

उक्त झडपमा दुवैतर्फ एक-एकजनाको मृत्यु भएको बताइएको छ । बिहान साढे आठ बजे गोली हानाहान हुँदा विप्लव समूहका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको मृत्यु भएको जनाइएको छ ।

झडपमा गोली लागेर प्रहरी जवान सन्जिव राईको पनि मृत्यु भएको छ । अरू प्रहरी पनि घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको भोजपुर प्रहरीले जनाएको छ । घटनास्थलबाट पेस्तोल र केही गोली समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *