भैंसेपाटीको प्रहरी हिरासतबाट ३ थुनुवा फरार

news-details

महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन थुनुवा फरार भएका छन् ।

फरार हुनेमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना छन् । उनीहरु गएराति हिरासतको ग्रिल उप्काएर फरार भएका हुन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै छानबिन गर्न टोली गठन गरिएको बताए। फरार थुनुवाहरु चोरी र लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

भैंसेपाटी प्रभागको नेतृत्व प्रहरी निरीक्षक किरण मल्लले सम्हालेका छन् । अहिले फरार अभियुक्तहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *