संसदीय सुनुवाई विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

समितिको सोमबारको बैठकले बंगलादेशका लागि प्रस्तावित बंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशकुमार दाहाल र स्पेनका लागि प्रस्तावित राजदूत दाबा फुटुङ शेर्पाको नाम अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

त्यसअघि समितिले चारै राजदूतसँग सुनुवाई गरेको थियो ।