विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरको , नेपाल १०२ औ स्थानमा

news-details

एजेन्सी – विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको सीचिमा जापान र सिंगापुरको पासपोर्ट परेको छ । यस्तै अर्को एशियाली देश दक्षिण कोरिया दोस्रो स्थानमा छ । कोरिया पहिलो स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको हो ।

यो मूल्याकंन हेन्ले पासपोर्ट सूचकले प्रकाशित गरेको हो । सूची हेन्ले एण्ड पार्टनर भन्ने संस्थाले प्रकाशित गर्छ । उसले विश्वका प्रत्येक देशका पासपोर्टबाट कति धेरै स्थान भ्रमण गर्न सकिन्छ भन्ने मापन गरेर सूची सार्वजनिक गर्ने गर्छ ।

सिंगापुर र जापानको पासपोर्ट त्यस मापनमा सबैभन्दा माथि देखिएका हुन् । यी दुई देशका पासपोर्ट वाहकले बिना रोकतोक १८९ देश प्रवेश पाउँछन् । यी तीन मुलुकबाहेक शीर्ष स्थानमा रहेका अधिकाशं मुलुक युरोपका छन् ।

दक्षिण कोरिया, फिनल्याण्ड र जर्मनीसँगै दोस्रो स्थानमा छ । ती देशका नागरिकले १८७ राष्ट्र टेकेपछि मात्र भिसा लगाउने सुविधा प्राप्त छ ।

तेस्रो स्थानमा डेनमार्क, इटाली र लक्जमवर्ग छन् । ती राष्ट्र १८६ देशमा अन–अराइभल भिसा पाउँछन् । पाँच वर्षअघि अमेरिका र बेलायत यस वर्गीकरणमा शीर्ष स्थानमा थिए, अहिले ती झरेर छैटौं स्थानमा आइपुगेका छन् ।

यस वर्गीकरणमा संयुक्त अरब एमिरेट (युएई)ले उलेखनीय प्रगति गरेको छ । पाँच वर्षभित्रै युएईले ‘भिसा फ्रि’ प्रवेश पाउने देशको संख्या दोब्बर बनाएको छ । यही प्रगतिको आधारमा सुचकांक प्रकाशित हुन थालेको १४ वर्षमै युएई शिर्ष २० स्थानमा प्रवेश गरेको छ ।

तर अर्कोतर्फ अफगानिस्तान फेरि सूचीको पिँधमा रहेको छ । त्यहाँका पार्सपोर्टधारी नागरिकले २५ देशमा मात्र भिसा नलिई भ्रमण गर्न पाउँछन् । यता नेपाल भने यस सूचिमा १२० औ स्थानमा तथा अन्तिमबाट आठौ स्थानमा परेको छ । नेपालको पासपोर्टबाट भिसा नलिइ ३८ देश भ्रमण गर्न पाइन्छ ।

पासपोर्ट सूचकाकंको अवधारणाको परिकल्पना गर्ने हेन्लेका अध्यक्ष डा क्रिश्चियन काएलिनले वर्गीकरण सार्वजनिक गर्दै भने ,‘केही थोरै अपवाद छाड्ने हो भने पछिल्लो सूचीबाट विश्वभरका देशले भिसा खुल्लापनलाई आर्थिक र समाजिक प्रगतिसँग जोडेर हेर्न थालेको बताएका छन् ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *