संखुवासभामा विप्लव समूह र प्रहरीबीच दोहोरो फायरिङ !

news-details

गस्तीमा हिडेको नेपाल प्रहरी र प्रतिवन्धित विप्लप समूहका कार्यकर्ताबीच संखुवासभामा गोली हानाहान भएको छ । संखुवासभाको सिलिचोङ गाउँपालिकामा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच दोहोरो ‘फायरिङ’ भएको प्रहरलिे जानकारी दिएको छ ।

प्रहरीका अनुसार विप्लवका कार्यकर्ताले फायर गरेपछि प्रहरीले जवाफी फायरिङ गरेको हो । घटनामा दुवैपक्षलाई कुनै नोक्सानी नभएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार गस्तीमा गएको प्रहरीमाथि विप्लवका कार्यकर्ताले फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो ।

विप्लव नेकपाबाट घटनाबारे कुनै प्रतिक्रिया आएको छैन । केहबिेरको फायरिङ पछि विप्लव समूहका कार्यकर्ता फायर गर्दै जंगलतिर भागेको र अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *