नेपालमा कोरियाको लोट्टे ग्रुप भित्रदै, सम्झौताका लागि लोट्टेका प्रमुख नेपालमा

news-details

दक्षिण कोरियाको प्रख्यात लोट्टे गु्रपको व्यवसाय नेपालमा विस्तार गर्नका लागि उक्त कम्पनीका प्रमुख मान इक उ नेपाल आएका छन् । लोट्टे गु्रपका प्रमुखसहित अन्य प्रतिनिधिहरुलाई एनआरएन एसिया प्यासिफिक उपसंयोजक तथा हिमालयन एनके कम्पनीका प्रवन्ध निर्देशक विनोद कुँवरले सोमबार त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन् ।

कोरियामा ख्याति कमाएको लोट्टे जिआरएस र नेपालको हिमालयन एनकेबीच लोट्टेरिया फ्रेन्चाइजको व्यापारीक साझेदारीमा मंगलबार सम्झौता हुँदैछ । उद्योग मन्त्री मात्रिका यादवको प्रमुख आतिथ्यतामा विभिन्न क्षेत्रका प्रतिनिधि र पत्रकार माझ लोट्टे गु्रपका प्रमुख मान इक उ र हिमालयन एनकेका विनोद कुँवरले सम्झौतापत्रमा हस्ताक्षर गर्दै छन् ।

बहुर्राष्ट्रिय कम्पनी लोट्टे ग्रुपको एक समूह अन्तर्गत रेष्टुरेन्ट फ्रेन्चाइज नेपाल आउँदै छ । लोट्टेको अहिले कोरियाको रेष्टुरेन्ट फ्रेन्चाइज विजनेसमा पहिलो नम्बरमा रहेको छ भने यसले भिएतनाम, इन्डोनेसिया, म्यानमार, कम्बोडिया, काजकिस्तान, लाओस र मंगोलिया गरी ७ देशहरुमा ३ सय जति फ्रेन्चाइज रेष्टुरेन्ट र पसलहरु रहेका छन् ।

नेपालको रेष्टुरेन्ट फ्रेन्चाइज विजनेसको नेतृत्व हिमालयन एनकेले लिनेछ । कोरिया र नेपालको सम्बन्ध विस्तार भइरहेको अवस्थामा कोरियाको ठूलो समूहको नेपाल प्रवेशलाई सकारात्मकरुपमा लिइन्छ ।

नेपालमा पहिलो पटक संचालन गर्न लागेको व्यवसाय भएकोले कोरियाबाट पनि धेरै चासोमा रुपमा हेरिएको छ । कोरियाको लोट्टेले नेपालमा सफलता प्राप्त गर्यो भने, भविष्यमा कोरियासंग विभिन्न क्षेत्रमा लगानीको लागि समन्वय गर्ने अवसर तय हुने विश्वास कुँवरको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *