साहित्य-वार्ता : साहित्यको बिस्तारमा अन्तर्राष्ट्रिय स्तरमै सहकार्य गर्नुपर्छ

news-details

नेपाली साहित्यमा किसन सिंह धामीको आफ्नै परिचय छ । कविता, यात्रा, उपन्यास, अनुवाद जस्ता विविध विधामा काम गरेका धामीले हाल अमेरिकाको न्युयोर्कमा रहेर पनि आफूलाई निरन्तर सक्रिय तुल्याएका छन् । फ्रन्ट सिट नामक संस्मरणात्मक कृति लेखेर उनी निकै नै चर्चित हुन पुगे ।

किसन सिंह धामीको जन्म २०२२ सालमा भएको हो । बुबा स्व.नरपत धामी र आमा स्व. नन्दा धामीबाट जन्मिएका धामीको जन्मस्थान शंकरपुर पस्ती दार्चुला हो । जयन्ती धामी र आरती धामी साहित्यकार किसनका सन्तान हुन् । लेखक किसनले सवारी चालक र तिनका व्यथाहरू, अन्धकारको अनुसन्धान, शान्ति खोज्दै, राजभक्ति माला, गजवार नभएको सहर, फ्रन्ट सिट, गान्धी (अनुवाद, विदेशमा), एटलान्टिकका भँगालाहरू, न्युयोर्कका नेपाली कवि (कविता संग्रह प्रकाशन, सम्पादन) आदि लेखन, सम्पादनमा योगदान पु¥याइसकेका छन् । लेखक धामीसँग गरिएको छोटो वार्ता—

हिजोआज के लेखिरहनु भएको छ ?

यात्रा संस्मरणहरु निरन्तर लेखिरहेको छु । मैले अमेरिकाका विभिन्न ठाँउहरु घुमेँ । तिनै घुमाइलाई नियात्राको रुपमा लेख्दै छु ।

धेरै विधामा काम गर्नुभो । कुन विधाले आकर्षण ग¥यो ?

उपन्यास विशेष मनपर्छ । तर नियात्रा पनि रुचाएर पढ्ने गर्छु ।

अमेरिकामा नेपाली साहित्यको अवस्था कस्तो छ ?

पेशागत रुपमा लेखेको देखिदैन । तर नेपाली लेखन बढेको छ । पीर, दुःख, खुशी, सम्झना, काम, स्वतन्त्रता आदिले प्रभाव पारेकोले लेखिरहन्छन् नेपाली लेखकहरुले ।

नेपाली साहित्यलाई अमेरिकामा लान सकिने अवस्था छ ?

जहाँ नेपालीको घना बस्ती हुन्छ त्यहाँ नेपाली साहित्यलाई लैजान सकिन्छ । किनभने त्यसरी लगेको साहित्यले माया र सम्मान पनि पाउँछ ।

डायोस्परा र अमेरिकामा लेखिएको साहित्यमा के भिन्नता छ ?

डायोस्पोरा भन्ने शब्द नै मेरो मन नपर्ने शब्द हो । किनभने नेपालमा लेखिने साहित्यले बेग्लै भाव बोक्छ भने डायोस्पराले त्यो मर्म बोक्न नसक्ला कि ? डायोस्पोरालाई प्रवासको नेपाली साहित्य भन्ने कि । त्यसलाई प्रमोट गर्न प्रवासमा बसिरहेका नेपालीको लागि मात्र हो कि विश्वका अरू भाषीहरुका लागि पनि हो ।

नेपाली साहित्यमा नगरी नहुने काम के देख्नु भएको छ ?

अनुवादको क्षेत्रमा हामीले काम गर्नैपर्छ । यो क्षेत्रमा हामी धेरै कमजोर छौँ । हाम्रा आफ्नै मौलिक साहित्यिक र सांस्कृतिक ग्रन्थहरु अनुवाद हुनु जरुरी छ ।

तपाई सुदुरपश्चिमको मान्छे । त्यताको संस्कृति अंग्रेजीमा लाने सोचाइ बनाउनु भएको छैन ?

लोप हुन लागेको संस्कृति चाहे सुदूरको होस् वा सुगमको त्यसको लागि राज्यले नै व्यक्ति संस्कृति शाखालाई जिम्मा दिनुपर्छ । निरन्तर त्यसैको लागि युगौँसम्म लाग्नुपर्छ । म्युजियम, प्रचार प्रसारले मात्र त्यो जीवित रहन्छ । अन्तर्राष्ट्रिय क्षेत्रमा सहकार्य गर्नुपर्छ । मैले सकेसम्म तारा किसन फाउण्डेसन मार्फत् लोप हुन लागेका संस्कृतिहरूलाई र भइरहेका सस्कृतिहरूलाई अंग्रेजीका साथै अरू भाषामा अनुवाद गर्ने सोच बनाएकै छु ।

तारा किसन फाउन्डेसनको सक्रियता के–कस्तो छ ?

तारा किसन फाउण्डनेसन भर्खर न्युयोर्क राज्यको राजश्व विभाग र सिटी कार्यलयमा दर्ता भयो । यसको मुख्य उद्घेश्य भाषा र संस्कृतिको संरक्षण र संवद्र्घन नै हो ! तर श्रीमती तारा धामी समाजमा देखिएका दुःख र पीरमर्कालाई सहन गर्न नसकेर सहयोगको भावनाका हात अगाडि बढाउने भएकीले किन संस्थागत नगर्ने ? हामी गइसकेपछि पनि संस्थाले गरोस् भनेर उनले सबैको हितका निमित्त पनि संस्था दर्ता रूचाएकोले पनि दर्ता भएको हो । यसले हाल गरेको कार्य भनेको न्युयोर्कमा एक उत्कृष्ट कार्यक्रम ‘फरमल ड्रेसमा नेपाली कविता वाचन’ २०१७, कोभिड —१९ नेपाली रचना वाचन २०२०, न्युयोर्कका नेपाली कवि र कविता संग्रहको प्रकाशन २०१९ मुख्य कार्य हुन् । नेपालमा दैवी प्रकोपमा, आपतकालीन सहयोग पनि यो फाउन्डेसनले थुप्रै नै कार्य गरेको छ !

केही गरूँ र केही दिउँ भने सोच ताराको भएका कारण संस्था गठन हुन गएको हो । यसमा श्रीमतीको नेतृत्व छ । छोरी जयन्ती र आरतीको हार्दिक सहयोग छ । म त केवल यस्तो भए राम्रो हुने थियो, निस्वार्थ सम्मान ब्यवहार हुने थियो भन्ने हो सल्लाह दिने व्यक्ति मात्र हुँ ! जहाँ इच्छा त्यहाँ उपाय । नेपाल तथा अमेरिकाका बौद्धिक क्षेत्रका नेपाली मूलका विद्वान्को सल्लाहमा समय आएपछि ५० लाखको अक्षय कोषको स्थापना गर्ने सोचेकी छिन पत्नी तारा !

धेरैतिर व्यस्त हुँदाहुँदै पनि साहित्यिक कार्य कसरी भ्याइरहनु भएको छ ?

समय मिलिहाल्छ । तर कठिन चाँहि कठिन छ ।

नेपाली साहित्यले किसन सिंह धामीलाई कसरी सम्झना गरोस् भन्ने लाग्छ ?

किसन दुर्गम ठाउँमा हुर्केको मानिस हो । ठुलो, लोभी र राम्रो शिक्षाको लागि काठमाडौ पस्यो ! सहरले धेरै सिकायो । गरीबभन्दा गरीब र धनी हुँ भन्नेहरू भन्दा धनीसँगहरूको संगत सिकायो । विध्यार्थी र विद्वान्हरूसँगको संगत सिकायो । राज र राजनेताहरूसँगको व्यवहार सिकायो । साहित्य तथा पत्रकारहरूको संगतले धेरै कुरा सिकायो । तर मैले जे देखे त्यो लेखेँ । कविता जस्तो देखेँ जिन्दगी, कविता लेखेँ । छन्दजस्तो देखेँ जिन्दगी, छन्द लेखेँ । जिन्दगी उपन्सासजस्तो लाग्यो, उपन्सास लेखेँ । यात्रा गरियो, जिन्दगी यात्रा ठाने यात्रा संस्मरण लेखेँ । नयाँ सहर पुगेँ नयाँ कविता देखेँ कविता लेखेँ । जिन्दगी डुब्लिकेट ठानेँ गान्धी अनुवाद गरेँ । मलाई यिनै विविध आँखाले माया गरिदिए पुग्छ नेपाली साहित्य समाजले ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *